तुलसीपुर, २५ श्रावण । दाङको तुलसीपुरमा दुईवटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–५ का ५६ बर्षीय देवराज चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूनचा अधिकारी तथा प्रहरी निरीक्षक सुर्य बहादुर रानाले जानकारी दिनुभयो । प्रहरीका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जादै गरेको लु।प्र। ०२–००१ प ११२१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको लु ३४ प ५४०६ नम्बरको मोटरसाइकल तुलसीपुर–१८ दुधरास नजिकै हिजो शनिबार बेलुका साढे ७ बजेको समयमा आपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भिर घाइते भएका लु ३४ प ५४०६ नम्बरको मोटरसाइकल चालक चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा गएराती मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी लु।प्र। ०२–००१ प ११२१ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–५ निवासी २७ बर्षीय नवराज पौडेल र सोही मोटरसाइकलमा पछाडी सवार बारा जिल्लाको बिश्रामपुर गाउँपालिका–२ घरभई अहिले तुलसीपुर–५ मा बस्दै आएका १८ बर्षीय रोशन पण्डित घाइते भएका छन् । घाइतेमध्य राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पश्चात रोशन पण्डित डिस्चार्ज भइसेको र नवराज पौडेललाई थप उपचारका लागी सिटि हस्पीटलमा पठाइएको छ । मृतक चौधरीको शव पोष्टमार्टमका लागी अस्पतालको शवगृहमा राखिएको छ । दुबै सवारीसाधनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








