तुलसीपुरमा ब्रिजको शाखा विस्तार

Spread the love


दाङको तुलसीपुरमा ब्रिज इन्टरनेश्नलले शाखा विस्तार गरेको छ । विदेशमा उच्च शिक्षा अध्ययनका लागि सहजीकरण गरिरहेको ब्रिजले तुलसीपुरमा पनि शाखा विस्तार गरेको हो ।

शाखाको शनिबार उद्घाटन गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघका कार्यबहाक अध्यक्ष देवबहादुर केसीले गर्नुभएको हो । उद्घाटन कार्यक्रममा उहाँले विद्यार्थीलाई विदेशमा उच्च शिक्षा अध्ययनमा सहजताका लागि ब्रिजको भूमिका प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीले धेरै कुराको जानकारी नपाउँदा विदेशमा दुख भोगिरहेको बताउँदै आगामी दिनमा ब्रिज इन्टरनेश्नलले प्रभावकारी भूमिका खेल्ने बताउनुभयो ।

त्यस अवसरमा डाइरेक्टर ब्रिटीना गिरीले ब्रिज इन्टरनेश्नलबाट विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई आइल्ट्स लगायत सबै प्रकारका कक्षा निशुल्क हुने बताउनुभयो ।

यस्तै सिओओ रुपेश थापाले विदेशमा जाँदा विद्याथीले भोग्नुपर्ने समस्यालाई मध्यनजर गरी आवश्यक कक्षाहरु संचालन, प्रशिक्षण दिइने बताउनुभयो ।

सो अबसरमा अर्का डाइरेक्टर देबेन्द्र खत्रीले उपस्थित सबैमा धन्य धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रमको सहजीकरण रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीले गर्नुभएको थियो ।

ब्रिज इन्टरनेश्नलका नेपाल र विदेशमा गरी १८ वटा शाखा संचालनमा छन् ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *