शरद रेग्मी,तुलसीपुर, जेठ २१ । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजना बधबारदेखि तुलसीपुरमा बारिस्ता कफी बनाउने सम्बन्धि एक महिने तालिम सुरु भएको छ ।
पछिल्लो समय कफीका पारखी बढ्दै गएपछि बजार अनुरुप जनशक्ति तयार पारी स्वजगारी सृजना गर्न सहज होस भनेर बाणिज्य संघले इच्छुक ब्यक्तिका लागि तालिमको आयोजना गरेको बाणिज्य संघका अध्यक्ष बिनिल केसीले बताए ।
तालिम दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना एनसेयोरको प्राविधिक सहयोगमा कफी बनाउने तालिम होटेल वष्टर्न प्यालेसमा सुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै बाणिज्य संघका पूर्वअध्यक्ष बिमल रिजालले कुनैपनि क्षेत्रको ज्ञान, सीप भएका हरेक ब्यक्ति जहाँपनि टिक्न र बिक्न सक्ने बताए ।
ब्यक्तिको सीप विकास गरि रोजगारीका अवसर सिर्जना गर्न र आत्मनिर्भर हुन सहजहोस भनेर युवाका लागि तालिम आयोजना गर्नु सकारात्मक पक्ष भएको बताए ।
संघका अध्यक्ष विनिल केसीले २० जना सहभागीलाई कफी सम्बन्धि तालिम प्रदान गरि उनीहरुलाई भविश्यमा आत्मनिर्भर बनाउन सके मात्रै ठूलो उपलब्धि हुने तर्क गरे ।

फरककोण संगको फोन सम्बादतमा अध्यक्ष केसीले उद्यमशिलता बिकास गर्नका लागि हरेक क्षेत्रमा रुची राख्ने युवा तथा महिलालाई उनीहरुको रुची अनुरुप तालिम दिदै आत्मनिर्भर बनाउने उदेश्य राखेको बताए ।
कार्यक्रयलाई निबर्तमान अध्यक्ष रामप्रसाद चालिसे, परियोजनाका प्राविधिक संयोजक राजकुमार सोतीमहर , बाणिज्य संघका उपाध्यक्ष नरेशराज भण्डारी, बाणिज्य संघका महासचिव केशबराज केसीले एक महिने तालिमको भरपुर सदुपयोग गरि भविश्यमा सिकेको सीप ब्यबहारमा उतार्न आग्रह गरेका थिए ।

तालिम जेठ २१ गतेदेखि सुरु भई असार १३ गतेसम्म चल्ने छ ।
तालिममा बिभिन्न होटेलहरुमा काम गर्ने युवाको सहभागिता छ ।
एक महिने कफी बनाउने तालिम