दरबार हत्याकाण्ड कसले गरायो ? : अध्यक्ष यादव

Spread the love

काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दरबार हत्याकाण्ड कसले गरायो ? भन्दै प्रश्न गरेका छन् ।

नेपालका कतिपय घटनाहरु रहस्यमय तरिकाले भएको उनले बताएका हुन् । दरबार हत्या काण्ड, दासढुुङगा काण्ड कसले गरायो रु भन्ने प्रश्न अझै अनुत्तरित रहेको भन्दै अध्यक्ष यादवले अध्यक्ष यादवले अनुमानको आधारमा कसैले कसैमाथि आरोप लगाउन नहुने बताए ।

अध्यक्ष यादवले नेपालमा मुलुकमा कसैले सोच्दै नसोचेको र चिताउँदै नचिताएका घटनाहरु हुने गरेको पनि उल्लेख गरे । १८ वर्षअघिको बहुचर्चित गौर नरसंहारमा आफ्नो कुनै संलग्नता नरहेको उनको भनाई छ ।

उनले सो घटनाको अनुसन्धान भइसकेको पनि उनको दाबी छ । राष्ट्रसंघीय संस्थाहरुले समेत आएर अनुसन्धान गरेर प्रतिवेदन दिएको दाबी अध्यक्ष यादवले गरे । गौरमा माओवादीका छापामारले आक्रमण गर्दा आफ्ना पार्टीका मान्छेहरु त्यहाँ नरहेको उनको भनाइ छ ।

त्यहाँ बिसौँ हजार गाँउका जनता मात्रै भएको उनले बताए । माओवादीले अपहरण गर्ने, फिरौती माग्ने जस्ता कार्यहरु गर्ने गरेका कारण त्यसको रियाक्सनको रुपमा उक्त घटना भएको हुनसक्ने यादवले बताए ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *