दाङमा एक जना जनप्रतिनिधिसहित दुई जना लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । मंगलबार बेलुका ८ बजेको समयमा लमही नगरपालिका ५ स्थित बसपार्कबाट एक जना जनप्रतिनिधिसहित दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिए ।
पक्राउ पर्नेमा राजपुर गाउँपालिका ८ घर भई सोही ठाउँको गंगटेखोला बस्ने २४ वर्षिय दिपेश चौधरी ९जनप्रतिनिधि० र माण्डवी गाउँपालिका ३ घर भई हाल घोराही उपमहानगरपालिका १५ भरतपुर बस्ने २३ वर्षिय राजु थापा रहेका छन् ।
डिएसपी शाहका अनुसार उनीहरुको साथबाट एक ग्राम १५० मिलिग्राम ब्राउन सुगर शुद्ध तौल बरामद गरेको छ । उनीहरु दुवै जनालाई वडा प्रहरी कार्यालय लमहीमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।