दाङ, ८ साउन । तुलसीपुर उपमहानगरपालिका क्षेत्रबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन । प्रहरीले छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । आज दिउँसो करिब २ बजे तुलसीपुर उपमहानगरपालिका–९ नयाँबस्तीबाट अन्दाजी ३० वर्षीय नन्द बहादुर खड्कालाई शंका लागी शरीर खानतलासी गर्दा उनको साथबाट २५० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
उनलाई तत्काल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ । त्यसैगरी, हिजो साँझ पौन ६ बजे तुलसीपुर उपमहानगरपालिका–१७ बन्कट्टीमा शंका लागेका हेमन्तपुर–१८ निवासी अन्दाजी २९ वर्षीय शंकर बस्नेतलाई चेकजाँच गर्दा उनको साथबाट ४५० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले दुवैजनामाथि लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी सूर्य रानाले जानकारी दिनुभयो ।








