दाङमा विभिन्न मुद्दामा झण्डै सात सय जना फरार अभियुक्त पक्राउ

Spread the love

दाङमा वितेको एक वर्षको अवधीमा झण्डै सात सय जना फरार अभियुक्त पक्राउ परेको तथ्याङक सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले आज घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक वर्ष २०८२र०८३ को बार्षिक प्रगती विवरण सार्वजनिक गर्दै यस्तो तथ्याङक प्रस्तुत गरेको हो । जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी डाक्टर हेम बहादुर केसीले वितेको एक वर्षमा विभिन्न मुद्दामा फरार ६७९ जना अभियुक्तलाई पक्राउ गर्न सफल भएको उहाले जानकारी दिनुभयो ।उहाका अनुसार विभिन्न प्रकृतिको मुद्दामा अदालतको दोषी ठहर भई फरार भएका अभियुक्तहरुलाई पक्राउ गरिएको हो ।

अदालतले पक्राउ परेका ६७९ जनालाई २४६ बर्ष ३ महिना २४ दिन कैद सजाय र १ करोड ३८ लाख ४२ हजार २९७ रुपैया जरिवाना तोकेको उहाले जानकारी दिनुभयो । उहाका अनुसार फरार अभियुक्त मध्ये १० वर्ष पछि पक्राउ ८८ जना रहेका छन् । यस्तै ५ वर्ष पछि पक्राउ पर्नेमा ७० जना र ५ बर्ष भन्दा कम समयमा पक्राउ पर्नेमा ५२१ जना रहेको उहाले जानकारी दिनुभयो । यस्तै वितेको एक वर्षमा विभिन्न प्रकृतिका ११२८ वटा मुद्दा दर्ता भएका छन् भने सवैभन्दा धेरै आत्महत्या सम्बन्धीका मुद्दा दर्ता भएका छन् । साथै लागु औषध सम्बन्धीका १२६ वटा मुद्दा दर्ता भएकोमा ११२ वटा मुद्दा फच्यौट भएको उहाले जानकारी दिनुभयो । लागु औषध सम्बन्धीको मुद्दामा २३३ जना अभियुक्त पक्राउ परेका छन् ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *