दाङमा २० बर्ष पछि फरार अभियुक्त पक्राउ

Spread the love

शरद रेग्मी, दाङ१४ वैशाख । दाङमा २० बर्ष पछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपि अनिल ठकुरिका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ पुकारपसल घर भई तुलसीपुर ६ बरुवगाउँ बस्दै आएका ४२ बर्षीय विरबहादुर गुरुङ पक्राउ परेका हुन् ।

उनलाई २० बर्ष अघि आफ्नै ससुरालाई हत्या गरेको अभियोग लागेका छ । २०६२ साउन १४ गते राति ८ बजेतिर तुलसीपुरको अस्वारा घर भई तुलसीपुर ५ नयाँबसपार्कमा तरकारी पसल गरि बस्ने आफ्नै ससुरा ३५ बर्षीय कासीराम विकलाई हत्या गरेको अभियोगमा २० बर्ष पछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

हत्या पछि फरार रहेका विक लुकिछिपी भारत बस्दै आएका थिए । त्यसपछि केही समयमा घर आएका उनी तुलसीपुर १२ टरिगाउँमा लुकीछिपी बस्दै आएका थिए । सोही क्रममा शुक्रबार पक्राउ गरिएको डिएसपि ठकुरिले जानकारि दिनु भयो ।

घटना के थियो ?

गुरुङ सोही दिन ससुराको घर गएका थिए । सोही क्रममा कासीराम र उनको कान्छी श्रीमती शोभा विकबीच खाना खाने क्रममा विवाद भयो । विवाद पश्चात घरमा पाहुना गएका गुरुङले ससुरा खुट्टा र हातले हिर्काउँदा घटनास्थलमै मृत्यु भएको हो । गुरुङ नसाको तालमा रहेको समेत प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *