दाङ, १३ फागुन । नेपाली कांग्रेसले निर्वाचन प्रचारप्रसारका क्रममा बृह्त मोटरसाइकल ¥याली गरेको छ । दाङ क्षेत्र नं। २ मा बुधवार प्रतिनिधिसभा निर्वाचन युवा परिचालन समितिको आयोजनामा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका किरण किशोर घिमिरेको प्रचारप्रसारका लागि बृहत् मोटरसाइकल र्याली गरेको हो ।
उम्मेदवार घिमिरेसहित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागीतामा घोराही उपमहानगरपालिका–१५ स्थीत नेपाली कांग्रेस दाङको पार्टी कार्यालयबाट सुरु भएको बृहत र्याली बिपीचोक–भानुचोक–नारायणपुर हुँदै बिजौरी पुगेको थियो । बिजौरीमा जम्मा भएका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताबाट स्वागत सम्मानपछि मोटरसाइकल र्याली गणेशपुर–हापुर–बिजौरी–रमना हुँदै घोराही बजार आएको थियो ।
घोराही बजारबाट गोग्ली पुगेको मोटरसाइकल ¥याली घोराही–१५ स्थीत भानुचोकमा फर्किएर समापन भएको थियो । बृह्त मोटरसाइकल ¥यालीको समापन गर्दै दाङ क्षेत्र नं। २ का उम्मेदवार किरणकिशोर घिमिरेले दाङको समृद्धिसँगै लोकतन्त्र संरक्षण र सस्थागत विकासका लागि नेपाली कांग्रेसलाई फागुन २१ गते हुने निर्वाचनमा बिजयी गराउन आग्रह गरेका थिए ।








