देउवालाई कुर्सी बुझाउने कुरोमा गगन असन्तुष्ट

Spread the love

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीको प्राथमिकता सरकार जोगाउनेमा मात्रै सीमित रहेको भन्दै असन्तुष्टि जनाएका छन् । ठूला दुई दलको बलियो सरकारले जनआकांक्षा अनुरुप काम गर्नुपर्नेमा प्रधानमन्त्री औँला भाँचेर कार्यकालको दिन गन्दै बसेको उनको टिप्पणी छ ।

प्रधानमन्त्री ओली आलोपालो सहमतिको विषयमा बढी केन्द्रित हुने गरेको उल्लेख गर्दै थापाले त्यसो नगर्न सुझाव दिए । सरकारले आगामी निर्वाचनसम्म प्रत्येक दिनको सदुपयोग गर्नुपर्नेमा उनको जोड छ ।

‘प्रधानमन्त्रीले बारम्बार के भनेको सुन्छु भने अब एक वर्ष म हुन्छु, एक वर्षपछि कांग्रेसलाई हस्तान्तरण गर्छ।।, त्यो हिसाबकिताबको बारेमा अब कुरा नगरौँ, सरकार भनेको दिन गनेर बस्ने हो र रु’, थापाले असन्तुष्टि जनाउँदै भने, ‘अनि हामीचाहिँ ३६५ दिन भयो, ३६४ भयो, ६३ भयो भन्दै।।।।हामी हाम्रो पालो आयो भनेर औँला भाँच्दै बस्ने हो र रु हामीले सुन्न र गर्न चाहेको भनेको त यो एक वर्ष चाहिँ के गर्छौं त हामी रु यो एक वर्ष नेपालले के पाउने रु यो एक वर्ष, दुई वर्ष जति छ चुनावसम्म, त्यो अवधिसम्म हामीले एक एक दिनको सदुपयोग गर्नुपर्छ ।’

सरकार दिनप्रतिदिन बरालिँदै गएको भन्दै थापाले ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेझैँ भएको बताए । ‘दुई वटा ठूला पार्टी मिलेर सरकार बन्दा सुरुमा एउटा गति समातोको थियो, बीचमा यो बरालिएको छ, दिन गनेर बसेको जस्तो भएको छ’, उनले कटाक्ष गरे, ‘आज आइतबार आयो, भोलि सोमबार, पर्सि मगलबार।।।एक जनाले ढल्दिन्छ भन्छ, त्यसमा ढल्दैन ढल्दैन भनेर बस्यो । यस्तो पनि हुन्छ’

संसद्को सबैभन्दा ठूलो दल कांग्रेसको सहयोगमा प्रधानमन्त्री बनेका ओलीले आलोपालो सहमति परिपालनामा इमान्दार बन्ने प्रतिबद्धता दोहोर्याउने गर्नुभएको छ । सरकारको निरन्तरतामाथि प्रश्न उठ्दा शेरबहादुर देउवालाई समयमै सत्ता हस्तान्तरण गर्छु भन्ने गर्नुभएका उहाँले स्पेन भ्रमणका क्रममा पनि त्यहि रटान लगाउनुभएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *