देशभर मनसुनको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

Spread the love

२२ असार/ हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास सक्रिय रहेको छ।
महाशाखाले जारी गरेको पछिल्लो विज्ञप्तिअनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै, देशका उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

आज रातिको मौसम पनि पश्चिमका अधिकांश प्रदेशहरूमा बदली रहने देखिएको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती र लुम्बिनीका एक–दुई स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

उच्चपहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा पनि वर्षासँगै हिमपातको सम्भावना रहेको बताइएको छ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *