नगरप्रहरीलाई आक्रमण गरेको आरोपमा एकजना पक्राउ

Spread the love

तुलसीपुर, २१ चैत । दाङको तुलसीपुरमा नगरप्रहरीलाई आक्रमण गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तीको नाम प्रहरीले नखुलाएपनी ट्याक्टर चालक रहेको बुझिएको छ । हिजो साँझ करिब ७ बजेको समयमा तुलसीपुर–१२ एयरपोर्ट नजिकै ग्वारखोलामा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरिरहेको रा १ त ४०२३ नम्बरको ट्याक्टर नियन्त्रणमा लिने क्रममा नगरप्रहरी माथी नै कुटपिट भएको थियो । कुटपिटबाट नगरप्रहरी असई संजय गिरी र नगरप्रहरी हवल्दार बिनोद रेउले घाइते भएको तुलसीपुर उप–महानगरपालिकाले जनाएको छ । नगरप्रहरी असई संजय गिरीको नेतृत्वमा ४ जनाको टोली खटिएकोमा ट्याक्टर चालक, सवारी धनिलगाएतको समहुले घरेलु हतियारले आक्रमण गर्दा दुईजना घाइते भएका हुन् ।

यस घटनामा गम्भिर ध्यानाकर्षण भएको जनाउदै नगरप्रमुखको सचिवालयले घटनामा संगल्नलाई यथासिघ्र पक्राउ गरी कानुनी कारवाहीको माग गरेको छ । यता इलाका प्रहरी कार्यालय तुलसीपुरले भने घटनाको बिषयमा अनुसन्धान भइरहेको जनाएको छ । अनुसन्धानका क्रममा एकजनालाई पक्राउ गरिएको बताउदै इन्स्पेक्टर बिनोदराज खत्रीले सो व्यक्तीको घटनामा संलग्नता भए नभएको बारे थप अनुसन्धान भइरहेको बताउनुभयो । अहिलेसम्म पिडित पक्षबाट जाहेरी नपरेको बताउदै उहाँले पिडितले जाहेरी दिएपछी प्रकृया अगाडी बढ्ने बताउनुभयो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *