नेकपा संयुक्त र पुनर्गठित एकीकृत समाजवादीबीच एकता

Spread the love

काठमाडौँ — पुराना कम्युनिस्ट नेता चन्द्रदेव जोशीले नेतृत्व गरेको नेकपा संयुक्त र एकीकृत समाजवादीका पूर्वमहासचिव घनश्याम भुसालको पुनर्गठित पार्टीबीच बिहीबार एकता भएको छ । नाम नेकपा संयुक्त र चुनाव चिह्न हँसिया राखिएको छ ।

दुई महिनाभित्र महाधिवेशन गरी नेतृत्व चयन गर्ने सहमति उनीहरूको छ । हाल अध्यक्ष जोशी रहनेछन् भने दोस्रो वरीयतामा भुसाल रहनेछन् । ‘यही नेतृत्वमा महाधिवेशनमा जान्छौं, नयाँ नेतृत्व महाधिवेशनबाट चयन हुन्छ’ भुसालले भने ।

नेकपा संयुक्तका अध्यक्ष जोशी र एकीकृत समाजवादीका संयोजक भुसालले एकता सहमतिपत्रमा हस्ताक्षर गर्दै समाजवादी बाटोमा अघि बढ्ने बताएका छन् । भुसाल चिनियाँ कम्युनिस्ट धार र जोशी रसियन कम्युनिस्ट धारबाट आएका नेता हुन् ।

‘मार्क्सवाद–लेनिनवाद तथा मानव जातिले प्राप्त गरेका स्वतन्त्रता र मुक्तिका मूल्यको मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको अभ्यास र विकास गर्दै वैज्ञानिक समाजवादको ध्येयमा अगाडि बढ्ने । विश्व साम्राज्यवाद तथा वित्तिय पुँजीवादले सिर्जना गरेका सबै खालका असमानता, शोषण–दमन, विभेद, युद्ध, गरिबी आदिका विरुद्ध सबै राष्ट्रको स्वतन्त्रता, स्वाधीनता, समानता, भ्रातृत्व, शान्ति तथा समाजवादको पक्षमा योगदान गर्ने’ सहमतिमा भनिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *