पाकिस्तानी मन्त्रीले भने– ३६ घण्टाभित्र भारतले हमला गर्न सक्छ

Spread the love

काठमाडौं पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले भारतले २४ देखि ३६ घण्टाभित्र पाकिस्तानमाथि सैन्य हमला गर्ने योजना बनाएको बताएका छन् । बुधबार गुप्तचर निकायबाट उक्त सूचना पाएको तरारले बताएका हुन् । “भारतले पहलगाम घटनाको झुटो बाहाना बनाएर आउँदो २४ देखि ३६ घण्टाभित्र सैन्य हमला गर्ने योजना बनाएको विश्वसनीय गुप्तचर जानकारी हामीसँग छ,” तरारले सामाजिक संजाल एक्समा पोष्ट गर्दै भने, “भारतको कुनै पनि आक्रामक कदमलाई निर्णायक प्रतिकार गरिनेछ ।”

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *