पार्टीभित्रको द्वन्द्व विधिसम्मत ढङ्गले प्रकट हुन पाएन भने विद्रोह हुन्छस् वरिष्ठ उपाध्यक्ष पोखरेल

Spread the love

काठमाडौं, १४ असार । नेकपा ९एमाले० का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्रको द्वन्द्वलाई विधिसम्मत ढंगबाट प्रकट हुन दिनुपर्ने बताएका छन् । जननेता मदन भण्डारीको ७४औं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको द्वन्द्वलाई विधिसम्मत ढंगले प्रकट हुन दिइएन भने विद्रोह हुने बताएका हुन् । उनले जननेता भण्डारीले प्रतिवादन गरेको जनताको बहुदलीय जनवाद ९जबज० ले पनि द्वन्द्वको सर्वव्यापकता स्वीकार गरेको बताए ।

‘द्वन्द्वलाई विधिसम्मत ढङ्गले प्रकट हुन दिनुपर्छ । यदि विधिसम्मत प्रकट हुन दिइएन भने त्यसले विष्पोटको रुप लिन्छ । जसले ठूलो क्षति पुर्याउँछ । यो गर्न दिन हुँदैन । त्यसकारणले त्यस्तो नहोस् भन्नका लागि द्वन्द्वलाई विधिसम्मत प्रकट हुन दिनुपर्छ । प्रकृतिमा प्रकट हुने द्वन्द्व आफ्नै विधिद्वारा प्रकट हुन्छ त्यो । पोलिटिकल सिस्टममा द्वन्द्व हुन्छ भने विधिसम्मत प्रकट हुन पाएन भने विष्पोट हुन्छ, विद्रोह हुन्छ,’– उनले भने ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले द्वन्द्वलाई विधिसम्मत ढंगबाट प्रकट हुन दिएर त्यसको निकास नखोजी विद्रोह गर्नेलाई दोष दिएर मात्रै नहुने बताए । उनले भने, ‘पोलिटिकल पार्टीभित्र द्वन्द्वले निकास पाएन भने विद्रोह हुन्छ । विग्रह गर्ने, विद्रोह गर्नेलाई दोष दिएर मात्रै हुँदैन । हाम्रो कार्यसम्पादन गर्ने शैलीमा कहाँ त्रुटि छ भन्ने कुरा ख्याल गर्नुपर्छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *