प्रहरीमा जाहेरी परेसँगै बालेनको प्रतिरक्षा

Spread the love

२१ असोज, काठमाडौं । सिंहदरबार जलाउने धम्की दिएका, अनि साँच्चिकै सिंहदरबार जल्दा महानगरको दमकल नपठाएको आरोप खेपिरहेका काठमाडौं मेयर बालेन शाहले मंगलबार साँझ प्रतिरक्षात्मक फेसबुक पोस्ट लेखे ।

बालेनले यो पोस्ट लेख्नुअघि आजै उनीविरुद्धको जाहेरी प्रहरी कार्यालयमा पुगेको छ । नेकपा एमाले निकट विद्यार्थी संगठनले उनीविरुद्ध जिल्ला प्रहरी परिसरमा लगेको जाहेरी हेरेर प्रहरीले २४ घण्टापछि जवाफ दिने बताएको छ ।

यही पेरिफेरिमा लेखिएको स्टाटसमा बालेनले दाबी गरेका छन्, ‘सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरे पनि आन्दोलनकारीको अवरोधले गर्दा दमकल जान सकेको थिएन, नेपाली सेनाको दमकल सिंहदरबार भित्रै हुँदा पनि निभाउने प्रयास गर्न सकेको थिएन ।’

सिंहदरबारका अति महत्त्वपूर्ण, संवेदनशील र पुरातात्विक महत्त्वका सम्पदा जल्दा केही नगरी बसेको, बरु जलिसकेपछि पनि ढिलोसम्म दमकल नपठाएको आक्रोशको शिकार बनेका काठमाडौं मेयरले दिएको प्रतिरक्षात्मक जवाफप्रति आम सर्वसाधारणले चित्त बुझाउन सकेको देखिएन ।

उल्टै सिंहदरबार, महत्वपूर्ण संरचना अनि व्यक्तिका निजी सम्पत्तिमाथि आगजनी, तोडफोड र विध्वंश मच्चाउने समूहलाई महानगरको गाडीले पानीका बोत्तल बाँड्दै हिँडेका दृश्य सम्झाउँदै कमेन्टकर्ताहरुले लेखिरहेका छन् । संघीय सरकारसँग आक्रोश पोख्दै सिंहदरबार जलाउने धम्की दिएका महानगर प्रमुखको विगतको फेसबुक स्टाटस, अनि यो विध्वंशमा उनको भूमिका के थियो भन्ने प्रश्नहरुलाई खाली ठाउँ छाडिदिएको छ ।

फेसबुकमै अधिकारकर्मी राधिका खतिवडाले कटाक्ष गरिन्, ‘नक्कली र बनावटी कुरा पनि कति जनाको पत्याउनु १ कुन सत्य हो छुट्याउनु कसरी रु जलिरह्यो, तीन दिनसम्म आगो देखियो । आगोमात्र देखियो ।’

सिंहदरबार, सर्वोच्च अदालतमा आगो लाग्दा भीडका कारण निभाउन सम्भव नभएको भनी बालेनले दाबी गरे पनि स्वयं सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले त्योभन्दा फरक टिप्पणी गरेका थिए । पत्रकारसँग विध्वंशको केही दिनपछि कुरा गर्दै प्रधानन्यायाधीश राउतले भनेका थिए, ‘सुरुमा कोही पनि निभाउन आएको थिएन । आगलागी भएको दुई दिनपछि मात्रै ललितपुर महानगरपालिका कार्यालयको दमकल आगो निभाउन पुगेको थियो ।’

सिंहदरबारभित्रै रहेको नेपाली सेनाको टोली, अनि काठमाडौं महानगरसँग रहेको दमकलले केही पनि नगरेको आरोप यति बेला खेपिरहेको छ । जेनजी आन्दोलनका क्रममा जनधनको व्यापक खतिका बीचमा केन्द्रीय सरकारसँगै स्थानीय सरकारले समेत यथेष्ट भूमिका खेल्न नसकेको, उल्टै प्रदर्शनकारीलाई उक्साएको आरोप समेत यसका अगुवाहरुले खेपिरहेका छन् ।

मेयर बालेनले महानगरले आफूसँग भएका जनशक्ति, दमकल लगायतले समयमा सक्दो काम गर्न खोजेको भन्दै प्रतिरक्षा गरेका छन् । उनले सर्वोच्च परिसरको आगो निभाउँदै महत्वपूर्ण कागजात बचाएको जिकिरसमेत गरेका छन् ।

बालेनले भनेका छन, ‘प्रिय आमा बुवा, दाजु, दिदी, बहिनी, तपाईंहरूको मनामा भय, भ्रम र प्रश्न उठ्नु स्वाभाविक हो । तर बिना तथ्य, डाटा विश्लेषण नगरी निष्कर्ष निकाल्ने विश्लेषकहरू र अफवाह फैलाउनेहरूसँग सावधान रहनुहोला । यस्तो कार्यले जनतालाई डर र भ्रममा राख्छ र दिनरात नभनी खट्ने हाम्रो टिमको मनोबल गिराउँछ ।’

तर बालेनले जेनजी विद्रोहका बेला सडकमा खोजिएका बालेनले आफू नेतृत्व दिन अघि नसरेको, तर सेनासँग वार्ता गर्न प्रदर्शनकारीलाई अपिल गरेको, संसद विघटनको मागलाई अपरिवर्तनीय एजेन्डा बनाएको, अनि विगतमा सिंहदरबारलाई जलाउने धम्की दिएर भीडलाई उक्साएको जस्ता प्रश्नको जवाफ भने नदिईकन वक्तव्य दिएका छन् ।

बालेनको जवाफमा जवाफदेहिताको कमी देखिएको कमेन्टकर्ताहरुले सन्जालमा लेखेका छन् ।

हेरौं, बालेनको जवाफमा के थियो ?

‘यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल कहाँ गयो ? तीन दिनसम्म जलेको हेरेर बस्यो ?

गत भदौ २४ गतेको दिन धेरैले बिर्सिसक्नु भयो होला। त्यो दिन राति ८ बजेसम्म देश नै अस्तव्यस्त थियो एक हिसाबले भनौ त्यो बेला ‘राज्य’ नै ठप्प थियो। त्यो दिन देशमा सरकार त थिएन तर स्थानीय सरकार काठमाडौं महानगर आफ्नो दायित्वबाट पछाडि हटेको थिएन । सिंहदरबारदेखि व्यापारिक प्रतिष्ठान, व्यक्तिगत घरदेखि सार्वजनिक सम्पत्तिसम्म सबैतिर आगो थियो। न सरकार थियो, न सुरक्षा संयन्त्र, न प्रहरीले आफ्नो चौकी जोगाउन सके यस्तो पूर्ण अराजक स्थितिमा सम्पूर्ण संरचना नै ढलेको थियो। सवारीसाधन आवतजावतको त कुरै छाडौं मान्छे समेत हिँडडुल गर्नसक्ने अवस्था थिएन, तर पनि हाम्रो टिम दिन रात नभनी आगो निभाउन, घाइतेहरूको उपचार, कुरुवा र बिरामीको लागि खाना, लजिस्टिक व्यवस्थापन, स्वास्थ्यकर्मी व्यवस्थापन, रगत व्यवस्थापन, औषधि व्यवस्थापन, लास व्यवस्थापन, जलेका संरचनाहरूको तथ्याङ्क संकलन, जलेका गाडीहरूको व्यवस्थापन, फोहोर व्यवस्थापन र विभिन्न सरोकारवाला निकायहरूसँगको समन्वयमा व्यस्त थियो। जिउज्यानको जोखिम मोल्दै फिल्ड मा खटिनुहुने सम्पूर्णप्रति सम्मान व्यक्त गर्दछु।

सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरे तापनि आन्दोलनकारीको अवरोधले गर्दा दमकल जान सकेको थिएन, नेपाली सेनाको दमकल सिंहदरबार भित्रै हुँदा पनि निभाउने प्रयास गर्न सकेको थिएन, कारण थियो( हुलले दमकललाई काम गर्न नदिएको । जब भिड अलिक शान्त हुने बित्तिकै २४ गते साझ ८स्१५ भित्रै काठमाडौँ महानगरको दमकल त्यहाँ पुगेको थियो।

हामी कुनै आरोपबाट भाग्दैनौं, जिम्मेवारीबाट त अझै होइन

काठमाडौं महानगरको न्युरोडमा २ वटा, बालाजुमा २ वटा र रामहिटीमा १ वटा गरी जम्मा ५ वटा दमकल सञ्चालनमा रहेका छन्। १४ जना नगर प्रहरी र ३० जना सशस्त्र प्रहरी गरी जम्मा ४४ जनाको टिमले ३ सिफ्टमा काम गर्नुहुन्छ, १ सिफ्टमा १ दमकलमा बढीमा ३ जना मात्र जनशक्तिमार्फत दमकल सञ्चालन गरिएको छ। २३ गते केही स्थानमा र २४ गते सिंहदरबारमात्रै होइन, काठमाडौंमात्रै होइन, सिङ्गो देश जल्दै थियो। महानगरभित्र जुनसुकै संरचना जले पनि जोगाउने प्रमुख दायित्वबोध हामीले गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो।

अब कुरा गरौं दमकलको। ५र२३ गते दिउँसो १स्३० देखि ५ बजेसम्म संसद् भवन अगाडि आगो लागिरहेको एम्बुलेन्समा न्युरोड र रामहिटी दमकलले आगो निभाइरहेको थियो भने न्युरोडकै अर्को दमकलले सुन्धारा र शान्तिनगर बिजुलीको पोलमा आगो निभाइरहेको थियो, २४ गते बिहानैदेखि कुनै पनि दमकल सञ्चालनमा आउन सकेको थिएन। २४ गते राति ८ बजेदेखि १ बजेसम्म विशालबजार जनसेवा प्रहरी वृत्त, हिमालयन बैंक र राष्ट्रिय वाणिज्य बैंक बानेश्वरमा न्युरोड दमकलले तथा नयाँ बसपार्कमा बालाजु र रामहिटी दमकलले आगो निभाइरहेको थियो।

२४ गते नै राति ८स्१५ देखि ९स्४५ सम्म, २४ गतेको राति २५ गते बिहान १स्४५ देखि ३स्०० बजेसम्म, २६ गते दिउँसो ३स्३० देखि ६स्५० सम्म र सोही दिन साँझ ५ बजेदेखि ६ बजेसम्म सिंहदरबारमा आगो निभाइरहेका थिए।

२५ गते दिउँसो १२स्२० देखि १स्३० सम्म संसद् भवन, २५ गते नै दिउँसो ३स्३० देखि ४स्३० सम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, डिल्लीबजार कारागार लगायतका स्थानमा, २६ गते बिहान ९स्२५ देखि १०स्१५ सम्म, २७ गते बिहान ८स्०० देखि ९स्१५ सम्म, सोही दिन साँझ ४ बजेदेखि ६ बजे सम्म सर्वोच्च अदालत परिसरमा आगो निभाएको त्यहाँको महत्वपूर्ण कागजहरू बचाएको प्रमाण हामीसँग सुरक्षित नै छ ।

त्यस्तै आन्दोलन सुरु भएको दिन २३ गतेदेखि २८ गतेसम्म हाम्रो दमकलमाथि उल्लेखित र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, बबरमहल जिल्ला अदालत, चुच्चेपाटी भाटभटेनी, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था विभाग, शहरी विकास विभाग, ग्रान्डी अस्पताल नजिकैको गोदाम, थापाथली डाटा सेन्टर, एन सेल डाटा सेन्टर, बालाजु प्रहरी वृत्त, स्वयम्भू प्रहरी वृत्त, नक्साल हिल्टन होटल, नक्साल भाटभटेनी, कुलेश्वोर घरमा, चाक्सीबारी घरमा, बालुवाटार भाटभटेनी गोदाममा, रानीपोखरी प्रहरी, कोटेश्वर भाटभटेनी, गुणस्तर विभाग भाटभटेनी नक्साल मन्दिर पछाडि फर्निचर, सडक विभाग लगायतका स्थानमा ५५ पटकभन्दा धेरै हाम्रो दमकल पुगेको छ। जसको विस्तृत विवरण यहीँ राखेको छु। सँगसँगै हिल्टन होटल, बनबासा होटल लगायतबाट सेनासमेतको सहकार्यमा उद्धार कार्य गरिएको थियो।

अब कुरा गरौं स्वास्थ्यकर्मी व्यवस्थापन, घाइतेको उपचार र शहीदहरूको लाश व्यवस्थापनको, संघीय सरकारले घोषणा गर्नुपूर्व नै महानगर भित्रका सम्पूर्ण अस्पताललाई निस्शुल्क उपचारको लागि समन्वय, अस्पतालको लागि आवश्यक औषधि व्यवस्थापन, नपुग स्वास्थ्यकर्मीको व्यवस्थापन, रगत व्यवस्थापन, बिरामी तथा बिरामी कुरुवाहरूको लागि निस्शुल्क खाजारखाना, अन्य आवश्यक लजिस्टिक, सुत्नको लागि म्याटलगायत अन्य सामग्रीको व्यवस्थापनमा महानगरको सचिवालय, नगर प्रहरी, स्वास्थ्यकर्मी लगायतको टिम रातदिन खटिएको थियो।

उपचारको लागि अभिभावक नभएका सम्पूर्ण बिरामीहरूको अभिभावक हाम्रो टिम बनेको थियो । यतिसम्म कि, अपरेसन गर्दा क्ष्लायचmभम ऋयलकभलत ँयचm मा समेत हाम्रो नगर प्रहरीले जिम्मेवारी लिई हस्ताक्षर गरेको छ। लाश व्यवस्थापनको लागि परिवारलाई आउने(जाने, खाने(बस्ने व्यवस्थापन पनि महानगरले गरेको थियो। यतिसम्म कि नेपाली सेनालगायत अन्यको सहकार्यमा लाशलाई घरसम्मै पुर्याउने व्यवस्थासमेत गरेका थियौं।

अन्त्यमा,

प्रिय आमा बुवा, दाजु, भाइ, दिदी, बहिनी, तपाईंहरूको मनमा भय, भ्रम र प्रश्न उठ्नु स्वाभाविक हो। तर बिना तथ्य, डाटा विश्लेषण नगरी निष्कर्ष निकाल्ने विश्लेषकहरू र अफवाह फैलाउनेहरूसँग सावधान रहनु होला । यस्तो कार्यले जनतालाई डर र भ्रममा राख्छ, र दिन रात नभनी खट्ने हाम्रो टिमको मनोबल गिराउँछ।

मिडियाका मित्रहरूमा विशेष अनुरोधस कृपया सत्यतथ्य खोजेर मात्र समाचार लेख्नुहोस्। अफवाह नफैलाउनुहोस्। जनताले सही जानकारी पाउने अधिकार राख्छन्।

हामी महानगरको टिम दिन–रात, जिउज्यानको जोखिम मोल्दै खटिएका थियौं, मलाई यसको कुनै जस चाहिएको छैन। कमसेकम आगो निभाउन, घाइतेको उपचार गर्न, बिरामीलाई खाना र औषधि उपलब्ध गराउन, लाश व्यवस्थापन गर्न, उद्धार कार्यमा सहयोग गर्न खटिनेलाई त सम्मानजनक दृष्टिले हेर्नुहोस । जनतासँगको भरोसा, हाम्रो जिम्मेवारी र आपतकालीन व्यवस्थापनका लागि हामी सधैं खटिरहने छौं।

सत्य बुझौं, अफवाह फैलाउने काम नगरी, सबै मिलेर सुरक्षित, सचेत र मानवताप्रधान समाज बनाऔँ।

अन्त्यमा देशलाई एकता र साँचो कुराको खाँचो छ, हल्ला र झुटको हैन।अनलाइनखबर

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *