प्रेस चौतारी रूकुम पश्चिमका अध्यक्ष परिचन्द्र खत्रीका बिरुद्ध पक्राउ पूर्जी जारी

Spread the love

दाङ , साउन ५ । रूकुम पूर्वको सिस्ने गाउँपालिकाकी कार्यालय सहायक २३ वर्षीया कोइली शाह मृत्युका घटनामा एक जना बिरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

प्रेस चौतारी रूकुम पश्चिमका अध्यक्ष परिचन्द्र खत्रीका बिरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरीले जानकारी दिएको छ । खत्री गोरखापत्रका रुकुम पश्चिम सम्बाददाता र जिल्लास्थित रेडियो सानेभेरी एफएमका समाचार प्रमुख हुन ।

पत्रकार खत्रीलाई पक्राउ गर्न अदालतबाट तीन दिन अघि पक्राउ पूर्जी लिइ सकेको जिल्ला प्रहरी प्रमुख डिएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिए ।

खत्री मोवाइल स्वीचअफ गरि सम्पर्क बिहीन बसेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

शाह असार २८ गते बिहान बन्द गरिएको आफ्नै डेरामा मृत फेला परेकी थिइन । डिएसपी यादवका अनुसार ढोका खोलेर हेर्दा शाह झुन्डिएको सल ९दोपट्टा०सहित उनी भने भुईमा झरेको अवस्थामा फेला परेको थियो ।

शाहका परिवारले पत्रकार खत्री बिरुद्ध आत्महत्या दुरूत्साहन सम्बन्धि किटानी जाहेरी दिएका थिए । घटना लगनै उनी सम्पर्क बिहिन छन् ।

शाहको शब भने पोष्टमार्टम पछि परिवाले शब बुझेर अन्तिम संस्कार गरि सकेका छन ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *