बेलझुण्डीमा ‘ग्लोबल योग समिट नेपाल’ गर्नेबारे छलफल

Spread the love

लसीपुर , असार १२ । दाङको बेलझुण्डीस्थित संस्कृत विश्वविद्यालयमा ‘ग्लोबल योग समिट नेपाल’ हुने भएको छ ।

बुधबार सरोकारवालाहरुले त्यस्तो छलफल गरेका हुन ।
आगामी असोज २५ गतेदेखि तीन दिनसम्म सञ्चालन हुने उक्त योग समिटमा विश्वका ५० बढी देशका योग गुरु, योग साधकको सहभागिता रहने गरि कार्यक्रम गर्ने उदेश्य राखिएको छ ।

विभिन्न कार्यपत्र, योग साधनासम्बन्धी स्टल, जातीय खाना, जातीय पहिरण, झाँकीसहित र्‍याली, स्टल, सांस्कृतक कार्यक्रमसहित योग महोत्सवकै रूपमा ‘ग्लोबल योग समिट नेपाल’ कार्यक्रमको आयोजना गरिने भएको छ ।

उदघाटन कार्यक्रममा १० हजार बढी मानिसको सहभागिता गराउने लक्ष्य राखिएको छ । त्यस्तै समापनमा पाँच हजारको सहभागि गराउने उदेश्य छ ।

कार्यक्रम अन्तगर्त पोखरा, काठमाडौं, लुम्बिनीमा थप कार्यक्रमहरूको आयोजना गर्ने तयारी गरिएको छ । लुम्बिनी प्रदेशकै गौरवको कार्यक्रमका रूपमा हेरिएको योग समिटलाई भव्य र व्यवस्थित बनाउन एक सर्वपक्षीय मुल आयोजक समिति गठन गरिएको छ ।

समिटलाई भव्य बनाउन नेपाल संस्कृत विश्व विद्यालय अनुसन्धान केन्द्रका प्रा।डा। सुधनकुमार पौडेल संयोजक, पतञ्जली योग समिति लुम्बिनी प्रदेशका अध्यक्ष प्रेम शाह सहसंयोजक, डा। भोलानाथ योगी सहसंयोजक एवं वैश्विक समन्वयकर्ता सचिवमा प्राध्यापक अरुण अर्याल, कोषाध्यक्षमा अडिटर सुवोध रेग्मी छन ।

यो बाहेक शैक्षिक संघ संस्थाका साथै जिल्लाका सबै संघ संगठनबाट प्रतिनिधित्व मुलसमारोहमा प्रतिनिधित्व गराउने उल्लेख छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *