नबिल बैंकले पनि ब्याजदर घटाएको छ । सो बैंकले असारमा ५।७५ प्रतिशत दिँदै आएकोमा साउनमा ५।५० प्रतिशत मुद्दती निक्षेपतर्फ ब्याज निर्धारण गरेको छ
बिहीबार, ०१ साउन,अधिकांश बैंकहरूले साउन महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्।
कतिपय बैंकहरूले ब्याजदर घटाएका छन् भने केही बैंकले बढाएका छन् र कतिपय यथावत राखेका छन्।
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको मौद्रिक नीतिको प्रभाव बैंकहरूमा देखिएको छ।
काठमाडौँ । अधिकांश बैंकहरुले साउनका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन । बैंकहरुको ब्याजदर हेर्ने हो भने कृषि विकास बैंकले असारमा ५।४५ प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिँदै आएकोमा साउनमा ५।४० प्रतिशत दिने भएको छ ।
एभरेष्ट बैंकले असारमा ६।५५ प्रतिशत ब्याज दिँदै आएकोमा अब मुद्दती निक्षेपमा साउनबाट ६।२५ प्रतिशत दिनेछ ।
यस्तै अर्को ठुलो बैंक नेपाल बैंकले ५।४५ प्रतिशत ब्याज दिर्दै आएकोमा साउनका लागि ५।४० प्रतिशत ब्याजदर तोकेको छ । लक्ष्मी सनराइज बैंकले असारमा ५।७५ प्रतिशत ब्याज दिर्दै आएकोमा साउनमा ५।५० प्रतिशत ब्याजदर दिने बताएको छ । यस्तै माछापुच्छ्रे बैंकले असारका लागि ६ प्रतिशत दिँदै आएकोमा उसले भने साउन पनि त्यही नै लागू गर्ने बताएको छ । एनआईसी एसिया असारको तुलनामका ब्याजदर घटाएको छ । असारमा सो बैंकले ६।५५ प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिएकोमा साउनमा त्यस्तो खातामा ६।२५ मात्रै ब्याज दिने बताएको छ । यस्तै, प्रभु बैंकले समेत ब्याजदरमा धेरै घटाएको छ । असारमा सो बैंकले मुद्दती निक्षेपतर्फ ६।१० प्रतिशत ब्याज दिने गरेकोमा साउनमा अब ४।२५ प्रतिशत मात्रै ब्याज दिनेछ ।
यता स्टान्डर्ड चार्टर्ड बैंकले भने ब्याजदर बढाएको छ । यो बैंकले साउनमा ६।२५ ब्याज दिँदै आएकोमा साउनमा मुद्दती निक्षेपतर्फ ६।२६ प्रतिशत ब्याज दिनेछ ।
राष्ट्रिय वाणिज्य बैंकले असारमा ६ प्रतिशत ब्याज दिएकोमा साउनमा ५।५० प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिनेछ ।
नबिल बैंकले पनि ब्याजदर घटाएको छ । सो बैंकले असारमा ५।७५ प्रतिशत दिँदै आएकोमा साउनमा ५।५० प्रतिशत मुद्दती निक्षेपतर्फ ब्याज निर्धारण गरेको छ ।
ग्लोवल आइएमी बैंकले ब्याजदर चलाएको छैन । उसले असारमा ६ प्रतिशत तोकेकोमा साउनमा पनि सोही नै कायम गरेको छ । अर्को बैंक सिद्धार्थले पनि ब्याजदरमा परिवर्तन गरेको छैन । असारमा सो बैंकले ५।७५ ब्याजदर तोकेको थियो । साउनमा पनि सोही लागू हुनेछ ।
प्राइम कमर्सियल बैंकले ब्याजदर असारमा ६।२५ प्रतिशत दिँदै आएकोमा साउनमा ६ प्रतिशत कायम गरेको छ । कुमारी बैंकले पनि असारको तुलनामा घटाएको छ । उक्त बैंकले असारमा ५।७१ प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिएकोमा अब साउनमा ५।४१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । सानिमा बैंकले असारमा ६।३३ प्रतिशत ब्याजदर निर्धारण गरेकोमा साउनका लागि घटाएर ६।१८ प्रतिशतमा झारेको छ । अर्को ठुलो बैंक हिमालयन बैंकले असारमा ५।५० प्रतिशतबाट बढाएर साउनका लागि ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । नेपाल एसबीआई बैंकले असारका लागि ५।५० प्रतिशत ब्याज निर्धारण गरेकोमा साउनका लागि घटाएर ५।३५ प्रतिशत ब्याज निर्धारण गरेको छ । इन्भेस्टमेन्ट मेगाले पनि असारको तुलनामा घटाएको छ ।
असारमा मुद्दती निक्षेपमा सो बैंकले ५।५० प्रतिशत ब्याज निर्धारण गरेकोमा साउनमा घटाएर ५।२५ प्रतिशत निर्धारण गरेको छ । एनएमबी बैंकले असारमा ६ प्रतिशत ब्याजदर दिएकोमा साउनमा समेत सोही नै कायम गरेको छ । सिटिजन्स बैंकले ५।६५ प्रतिशत ब्याज असारमा दिएकोमा घटाएर साउनमा ५।५० प्रतिशत ब्याज निर्धारण गरेको छ ।
गभर्नर विश्वनाथ पौडेलले ल्याएको मौद्रिक नीतिको प्रभाव बैंकहरुमा प्रत्यक्ष देखिएको बताइएको छ । पौडेलले गत शुक्रवार आगामी वर्ष २०८२(८३ का लागि ल्याएको मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरलाई ६ दशमलव ५ प्रतिशतबाट घटाई ६ र ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहेको निक्षेप सङ्कलन दरलाई ३ प्रतिशतबाट घटाएर २ दशमलव ७५ प्रतिशत निर्धारण गरिएको थियो ।








