भारत र चीनसँग विकासमा साझेदारी गर्नुपर्दछ: पूर्वराष्ट्रपति भण्डारी

Spread the love

काठमाडौं, १५ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले मा सक्रिय भएकी छिन् । उनले हिजो शनिबार मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको एक कार्यक्रममार्फत आफू एमालेको राजनीतिमा सक्रिय भएको घोषणा गरेकी हुन् ।

कतिपयले उनको राजनीतिमा सक्रिय भएको घोषणालाई एमालेको भावी अध्यक्षको रूपमा चित्रण गर्न थालिसकेका छन् । एमालेमा अब अध्यक्ष केपी शर्मा ओली भर्सेस विद्या भण्डारी भनेर कित्ताकाट सुरु भएको छ । भण्डारीलाई एमालेको राजनीतिमा सक्रिय बनाउनको लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले निर्णायक भूमिका खेलेका छन् । हिजो उनको भाषणले पनि अध्यक्ष ओलीविरुद्ध फायर खोलेको चर्चा छ ।

भण्डारीले आफ्नो मन्तव्यमा समग्र विषयमा धारणा राखेकी थिईन् । उनले विदेश सम्बन्धमा पनि खासगरी भारत र चीनसँगको सम्बन्धको बारेमा बोलेकी छिन् । भारत र चीनले गरेको सामाजिक तथा आर्थिक विकास नेपालको लागि पनि खुसीको विषय भएको उनको भनाई थियो ।
उनले भनेकी छिन्,‘हाम्रा निकट छिमेकी मित्र राष्ट्रहरु भारत र चीनले अभूतपूर्व सामाजिक आर्थिक विकास गरिरहेका छन् । यो हाम्रा निम्ति खुसी र प्रेरणाको विषय हो । यी दुई मुलुकसँगको हाम्रो सम्बन्धलाई थप सुदृढ तुल्याएर पारस्परिक लाभलाई मध्यजनर गर्दै विकासका निम्ति साझेदारी गर्नुपर्दछ ।’

सो क्रममा उनले आफूले लिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको पनि स्मरण गराएकी छिन् । उनले आफूले देश र जनताको हितलाई ध्यानमा राखेरै काम गरेको र आफ्नो तर्फबाट राष्ट्र र नागरिकको स्वाभिमानमा कुनैपनि आँच आउने काम नगरेको स्पष्ट पारिन् । उनले भनिन्,‘यो किताबको खुल्ला पानाजस्तै छर्लङ्ग छ । पार्टीको विश्वासको कारणले नै म त्यो गरिमामय जिम्मेवारीमा पुग्न सफल भएको हुँ । यसका निम्ति म पार्टी नेतृत्व र सिंगो पार्टी परिवारलाई पूनः धन्यवाद समेत दिन चाहन्छु ।’

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *