मत गन्ने ठाउँमा तारबार र सिसी टिभी जडान

Spread the love

तुलसीपुर,फागुन २० । दाङका तीन वटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयहरुले मतगणना हुने स्थलमा फलामे तारबार र सिसी टिभी जडान गरेका छन् ।

दाङको क्षेत्र नं। ३ अन्तरगत पर्ने तुलसीपुरस्थित निर्वाचन अधिकृतको कार्यालय, क्षेत्र नं। २ अन्तरगत पर्ने घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालय र दाङको क्षेत्र नं। १ अन्तरगतको लमहीस्थित निर्वाचन अधिकृतको कार्यालयहरुमा मतगणना हुने स्थानहरुमा तारजाली लगाउनुका साथै सिसी टिभीहरु जडान गरिएका छन् ।

दाङ क्षेत्र नं। ३ को निर्वाचन अधिकृतको कार्यालय तुलसीपुर उपमहानगरपालिका – ६ स्थित उच्च सरकारी वकिलको कार्यालय भित्र मतगणना हुने छ । यहाँ मतगणना गर्ने ठाउँमा तारजाली लगाउनुका साथै सिसी टिभी जडान गरिएको छ ।

प्रत्यक्ष र समानुपातिक तर्फको मतगणनाको लागि अलग – अलग तला र कोठाहरु तय गरि दुबै स्थानमा तारजाली लगाउनुका साथै सिसी टिभी जडान गरि मतगणना स्थल सुरक्षित पारिएको छ ।

निर्वाचन क्षेत्र दाङ क्षेत्र नं। ३ की प्रबक्ता सहायक न्यायधिबक्ता टिकाकुमारी रोका केसी का अनुसार मतगणकहरु मात्रै तारबार भित्र बसेर मतगणना गर्ने छन् । फलामे तारबारको बाहिर दलका प्रतिनिधिहरुका लागि बेञ्चहरु राखिएका छन् ।

मतगणा सुरक्षित स्थल सुरक्षित बनाउन तारबार गर्नुका साथै सिसी टिभी जडान गर्नु परेको प्रबक्ता रोका केसी ले बताइन ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *