मृत जन्मेकी शिशुलाई सेप्टी ट्याङ्कीमा फालेको आरोपमा आमा पक्राउ

Spread the love

तुलसीपुर, १० बैशाखा मृत अवस्थामा जन्मेकी नवजात शिशुलाई ट्वाइलेटको सेप्टी ट्याङ्कीमा फालेको आरोपमा प्रहरीले दाङको शान्तिनगरबाट एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको गङ्गादेव गाउँपालिका– १ ओत घर भइ हाल शान्तिनगर गाउँपालिका –५ कासीपुरमा बस्दै आएकी २७ कि सरिता बिक रहेको प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।

गएको चैत्र २४ गते राति करिब साढे ११ बजे सरिताले नवजात शिशु ९छोरी० मृत अवस्थामा जन्माइ प्लाष्टिकको बोराले बेरी घर देखि अन्दाजी १०० मिटर पश्चिम रहेको कच्ची ट्वाइलेटको सेफ्टी ट्याङ्की भित्र फालेको भन्दै प्रहरीलाई खबर आएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । प्रहरीले महिलालाई यही बैशाख ७ गते बिहान १० बजे पक्राउ गरेको हो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *