म प्रधानमन्त्री भएको भए कुलमानलाई पूरा कार्यकाल चलाउन दिन्थेँ बाबुराम भट्टराई

Spread the love

नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङले राम्रो काम गरिरहेकाले अहिलै हटाउनु गलत भएको बताएका छन्।

रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले बिहीबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले आफू सरकारको नेतृत्वमा भएको भए कुलमानलाई पूरा अवधि काम गर्न दिने बताए।

‘म भएको भए उनलाई चार महिनाको अवधि पूरा गरेपछि बिदाइ गर्थे,’ उनले भने, ‘अहिलै उनलाई चलाउनु सही थिएन।’

उनले संस्थान, प्राधिकरणजस्ता राज्यका अर्धस्वायत्त अंगहरूमा दलीय हस्तक्षेप र नियन्त्रण हुनु हुँदैन भनेर थिति बसालेको भए पनि पछिल्लो समय त्यो भत्किएको बताए। यस्ता समस्या विधिले हल गर्नको लागि आफू सरकारको नेतृत्वमा छँदा संस्थान निर्देशन बोर्ड गठन गरेको पनि उनले स्मरण गरेका थिए।

कुलमानलाई हटाएकोबारे सरकारले जवाफ दिनुपर्ने पनि उनले बताए।

त्यसैगरी उनले नेपालको राजनीति गम्भीर संकटमा रहेको पनि टिप्पणी गरे। उनले निर्वाचन प्रणालीलाई सुधार गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र मुख्यमन्त्रीको व्यवस्था गर्नुपर्ने पनि धारणा राखे। यो व्यवस्था नभएकैले पनि अस्थिरता रहेको उनको भनाइ थियो।

पछिल्लो समय राजतन्त्र पुनर्स्थापनाका लागि भएको प्रदर्शनबारे बोल्दै राजतन्त्र भूत भइसकेको पनि उनले बताए।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *