काठमाडौँ । २५ असार २०८२, बुधबार,कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो रु ७५, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु ४२, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो रु ५८, आलु रातो प्रतिकिलो रु ४५, आलु रातो ९भारतीय० प्रतिकिलो रु ३८, आलु रातो ९मुडे० प्रतिकिलो रु ३७, प्याज सुकेको ९भारतीय० प्रतिकिलो रु ४५, गाजर ९लोकल० प्रतिकिलो रु ८५, गाजर ९तराई० प्रतिकिलो रु ६५, बन्दा ९लोकल० प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली तराई प्रतिकिलो रु ५५, रातो मूला प्रतिकेजी रु ५०, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडी प्रतिकिलो रु ४० र मकै बोडी प्रतिकिलो रु ६५ कायम भएको छ ।
यसैगरी, मटरकोसा प्रतिकिलो रु २००, घिउ सिमी ९लोकल० प्रतिकिलो रु ६५, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो रु ५०, घिउ सिमी ९जाजमा० प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु १५०, तीतो करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ३०, परबर ९तराई० प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो ९लाम्चो० प्रतिकिलो रु ५०, हरियो फर्सी डल्लो प्रतिकिलो रु ४५, भिण्डी प्रतिकिलो रु ६० कायम गरिएको छ ।
यस्तै, सखरखण्ड प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ७०, स्कूस प्रतिकिलो रु ५०, रायो साग प्रतिकिलो रु १४०, पालुंगो साग प्रतिकिलो रु १६०, तोरीको साग प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु २००, च्याउ ९कन्य० प्रतिकिलो रु १६०, च्याउ ९डल्ले० प्रतिकिलो रु ३६०, कुरिलो प्रतिकिलो रु २७५, निगुरो प्रतिकिलो रु १०० निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु १७०, रातो बन्दा प्रतिकिलो रु २५०, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु १०००, पुदिना प्रतिकिलो रु १७०, इमली प्रतिकिलो रु २००, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेको छ ।
समितिले स्याउ ९झोले० प्रतिकिलो रु २५०, स्याउ ९फुजी० प्रतिकिलो रु ३४०, केरा ९दर्जन० रु १४५, कागती प्रतिकिलो रु १३०, अनार प्रतिकिलो रु ३५०, आँप ९माल्द० प्रतिकिलो रु ११०, आँप ९दशहरी० प्रतिकिलो रु ११०, अङ्गुर ९हरियो० प्रतिकिलो रु २५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भूइँकटहर प्रतिगोटा रु १७०, काँक्रो ९लोकल० प्रतिकिलो रु ७०, रुख कटहर प्रतिकिलो रु ६०, नास्पाती ९लोकल० प्रतिकिलो रु ६०, नास्पाती ९चाइनिज० प्रतिकिलो रु २३०, मेवा ९भारतीय० प्रतिकिलो रु १०० निर्धारण गरिएको छ ।
यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ३५०, खुर्सानी हरियो प्रतिकिलो रु ३५, खुर्सानी हरियो ९बुलेट० प्रतिकिलो रु ३०, खुर्सानी हरियो माछे प्रतिकिलो रु ७०, खुर्सानी हरियो अकबरे प्रतिकिलो रु २३०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु १२०, हरियो धनियाँ प्रतिकिलो रु २८०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २००, लसुन सुकेको नेपाली प्रतिकिलो रु १७०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा ९रहु० प्रतिकिलो रु ३३०, ताजा माछा ९बचुवा० प्रतिकिलो रु ३२०, ताजा माछा ९छडी० प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ९०० निर्धारण गरिएको छ ।रासस








