राप्ती प्रादेशिक अस्पताल प्रांगण भासियो

Spread the love

चेतन वली/तुलसीपुर, २५ चैत । दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको लापरवाहीले राप्ती प्रादेशिक अस्पताल प्रांगण भासिएको छ । तुलसीपुरको रानीजरुवामा पाइपलाइन विस्तार गर्ने क्रममा प्रादेशिक अस्पताल अगाडीबाट पाइप बिछ्याएको खानेपानीले अहिलेसम्म मर्मत गरेको छैन । केही महिना अगाडी मात्रै अस्पताल प्रांगण खनेर त्यहीबाट पाइप विस्तार गरेपनी अहिलेसम्म मर्मत हुन नसकेको हो । काम सकेर खनेको ठाउँ पहिले जस्तै गराउनुपर्ने सहमती गरेको खानेपानी संस्थाले अहिलेसम्म कुनै वास्ता नगरेको अस्पताल प्रशासनले जनाएको छ । पाइप गाडिएको ठाउँ राम्रोसँग नबनाउदा अस्पतालको गेट नजिकैको जमिन भासिएको छ । तर लामो समयसम्म पनी भासिएको स्थान मर्मत हुन नसकेको प्रादेशिक अस्पतालका प्रशासन शाखा प्रमुख कालिदास बस्यालले बताउनुभयो ।

आफुले धेरै पटक अस्पताललाई उक्त समस्या समाधान गर्नका लागी अनुरोध गरेपनी सुनुवाई नभएको उहाँले बताउनुभयो । यसले गर्दा मोटरसाइकललगाएतका सवारीसाधन आवतजावतमा धेरै समस्या हुने गरेको अस्पतालका डाक्टर तथा कर्मचारीहरुले पनि गुनासो गरेका छन् । अस्पतालको गेटमै जमिन भासिएपछी दुर्घटनाको जोखिमसमेत बढेको उनीहरुको भनाई छ । यता तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारीले आफुले अब छिट्टै उक्त समस्या समाधान हुने बताउनुभएको छ । विभिन्न कारणले गर्दा मर्मतमा ढिलाई भइरहेको भन्दै अबको २र४ दिनमै मर्मत गरिने उहाँले प्रतिबद्धता व्यक्त गनुभएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *