राप्रपाले अख्तियारमा बुझायो ज्ञापनपत्रः नक्कली भुटानी शरणार्थी प्रकरणदेखि क्यान्टोन्मेण्टसम्म छानविनको माग

Spread the love

काठमाडौं, २ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर भ्रष्टाचारका विभिन्न काण्डहरु छानविन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भ्रष्टाचारको छानविन र कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाइएको हो । नेपालमा भ्रष्टाचार महामारीको रुपमा फैलिँदै गएको राप्रपाको ठहर छ । केन्द्र, प्रदेश र स्थानीय तहबीच भ्रष्टाचारका लागि प्रतिस्पर्धा नै देखिने गरेको राप्रपाले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

सरकारका मन्त्रीहरूको भ्रष्टाचारमा संलग्नताका तथ्यहरू एकपछि अर्को सार्वजनिक भइरहेको र मन्त्रीहरूले एकअर्कामा कसले छिटो र धेरै कमाउने प्रतिस्पर्धा चलाइरहेको जस्तो देखिएको राप्रपाले बताएको छ । अख्यितारका प्रमुख आयुक्त स्वयंको भ्रष्टाचार रकमको डिल विदेशमा नै हुने गरेको भन्ने भनाइले पनि नेपालमा हुने भ्रष्टाचारको तह र व्यापकता प्रष्ट हुने राप्रपाको भनाइ छ ।

‘त्यस सम्मानित आयोगबाट भ्रष्टाचारका विषयमा छानबिन र मुद्दा दर्ताका कामहरु प्रशस्त हुँदै गर्दा पनि ठुला भ्रष्टाचारका काण्डहरू जस्तै सुडान घोटाला, ललिता निवास, वाइडबडी, क्यान्टोन्मेण्ट, ओम्नी, एनसेल लगायतका ठूल्ठूला भ्रष्टाचार काण्डहरूमा राजनीतिक नेतृत्व छानवीनको दायरा बाहिर पर्नुले आयोगको निष्पक्षता तथा प्रभावकारितामा गम्भीर प्रश्नहरू उठेका छन्,’– ज्ञापनपत्रमा भनिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *