रुपन्देही कारागार प्रशासनले भन्यो रवि लामिछानेमाथि विभेद गरिएको छैन

Spread the love

रुपन्देही कारागारले रास्वपाका सभापति रवि लामिछानेमाथि कुनै विभेद नगरेको र अन्य सामान्य कैदीहरुलाई जस्तै सेवासुविधा उपलब्ध गराएको दाबी गरेको छ । विभिन्न मिडिया र सोसल मिडियामा लामिछानेमाथि विभेद गरिएको समाचार आएपछि कारागा प्रशासनले आज साँझ विज्ञप्ती निकालेर त्यसको खण्डन गरेको हो ।

रुपन्द्येही कारागार प्रशासक सुरेश भण्डारीको नामा जारी गरिएको विज्ञप्तीमा कारागार प्रशासनले समय समयमा उहाँलाई भेट गरी समस्या र आवश्यकताबारे सोधपुछ गर्ने गरेको र समस्या समाधान समेत गर्ने गरेको उल्लेख गरिएको छ । र, लामिछानेलाई अन्य सामान्य कैदीहरूभन्दा विभेद नगरी कार्यालयले सेवा–सुविधा उपलब्ध गराउँदै आएको भनिएको छ । प्रशासनले रविलाई राखिएको भनेर प्रकाशित कारागार भवनको तस्विरसमेत सक्कली नभएको दाबी गरेको छ ।

यस्तो कारागार प्रशासनले जारी गरेको विज्ञप्ती

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *