आँफुले मन्त्रालयका सबै कर्मचारी साथ र सहयोग पाएको हुँदा आफ्नो मन्त्रालय खर्च कार्यान्वयनमा उत्कृष्ट हुन सफल भएको मन्त्री थापाले बताए
लुम्बिनी प्रदेशका विकासे मन्त्रालयहरु मध्ये खर्च कार्यान्वयन प्रगति बिश्लेशनका आधारमा खानेपानी तथा शहरी विकास मन्त्रालय उत्कृष्ट देखिएको छ ।
प्यूठानबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसको नेतृत्व गर्दै लुम्बिनी सरकारमा सहभागी युवा नेता सरोज थापा ९रोज राणा० नेतृत्वको उक्त मन्त्रालयले प्रदेशका तीन विकासे मन्त्रालयमध्ये खर्च प्रगतिका दृष्टिकोणले सबै भन्दा उत्कृष्ट अंक हासिल गरेको छ ।
बितेको आर्थिक वर्ष २०८१ र ०८२ को खर्च प्रगतिको विश्लेशन गर्दै प्रदेशको लेखा नियन्त्रक कार्यालयले आफ्नो वेबसाइटमा राखेको बिवरण अनुसार खानेपानी तथा शहरी विकास मन्त्रालय ८४।५५ प्रतिशत खर्च कार्यान्वयन गर्न सफल भएको उल्लेख छ ।
यो प्रतिसत प्रदेशका तीन विकासे मन्त्रालय मध्ये सबैभन्दा बढी हो । बितेको आर्थिक बर्षको मन्त्रालयको बिनियोजित कुल बजेट ५ अर्ब ३३ करोड ३७ लाख १३ हजार रुपैयाँ मध्ये यो मन्त्रालयले ४ अर्ब ५४ करोड ६९ लाख ६६ हजार खर्च कार्यान्वय गर्न मन्त्रालय सफल भएको देखिन्छ ।
बिकासे मन्त्रालय मध्य प्रदेशको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले ७७।०७ प्रतिशत र भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले ६६।९३ प्रतिशत खर्च कार्यान्वयन गर्न सफल भएको प्रदेशको लेखा नियन्त्रक कार्यालयले उल्लेख गरेको छ ।
मन्त्रालय खर्च कार्यान्वनमा उत्कृष्ट बनेपछि मन्त्री थापाले बिनियोजित बजेटको सफल कार्यान्वयनका लागि आँफुले निरन्तर कर्मचारीलाई झकझक्याउनुका साथै आपसमा समन्वय गरि काम गरेको हुँदा सुखद प्रतिफल निस्किएको बताए ।
आँफुले मन्त्रालयका सबै कर्मचारी साथ र सहयोग पाएको हुँदा आफ्नो मन्त्रालय खर्च कार्यान्वयनमा उत्कृष्ट हुन सफल भएको मन्त्री थापाले बताए ।
‘ मन्त्रालयका सचिव, महाशाखाका प्रमुखहरु र फिल्डमा खटिने बिभिन्न कर्मचारी संगको सहयोग तथा समन्वयले यो सफलता मिलेको हो,’ उनले भने ‘ बजेट बिनियोजन पछि आँफै संयन्त्रले काम गरि हाल्छ भन्नु भन्दापनि मन्त्री आँफेले पनि त्यसमा चासो राखिरहे परिनाम उत्कृष्ट आउँदो रहेछ ।’
मन्त्री भएको सुरुदेखि नै काम गरेर देखाएपछि मात्रै आम नागरिकले विश्वास गर्छन भन्ने ठानेर आँफुले सुरुदेखि नै कर्मचारीसंग निरन्तरण सल्लाह लिएको, कर्मचारीलाई बजेट कार्यान्वयन सफल तुल्याउन ब्यक्तिगत रुपमा उर्जा थप्ने काम गरेको मन्त्री थापाले बताए ।
‘ डेवानदेखि नै मैले भनेको थिए, काममा पटक्कै ढिला सुस्ती हुनु भएन बरु आवश्यक पर्छ भने ज्यालादारीमा बिज्ञ कर्मचारी थप्नुहोस भनेर,’ मन्त्री थापाले भने ‘ मेरो बिकास प्रतिको भावना बुझेर मलाई कर्मचारीहरुले सत प्रतिसत साथ दिनुभयो र आज यो सफलता मिलेको हो ।’
हुनुपर्ने जति कामको प्रगति नभए, हुनुपर्ने जति कामको तीब्रतामा छलछाम गरि काममा ढिला सुस्ति गरेको पाइए वा आलटाल गरेको पाइएमा प्रतिफल राम्रो नहुने चेतावनी पनि मन्त्री थापाले सुरुदेखि नै कर्मचारीलाई दिएका थिए ।








