लाइसेन्स नभएको छोरालाई मोटरसाइकल चलाउन दिने आमा पनि पक्राउ

Spread the love

दाङको तुलसीपुरमा लाइसेन्स नभएको छोरालाई मोटरसाइकल चलाउन दिने आमालाई पनि प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर–१९ बासगढीमा पैदल हिडीरहेकी स्थानिय ६५ बर्षीया गौमती रोकालाई हिजो मोटरसाइकलले ठक्कर दिएको थियो । हिजो दिउँसो करिब साढे २ बजेको समयमा रा ५ प २६७८ नम्बरको मोटरसाइकलले ठक्कर दिदा गम्भिर घाइते भएकी रोकाको उपचारको क्रममा मृत्यु भएको छ । रोकालाई ठक्कर दिने मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–७ का १६ वर्षका लक्ष्मण भुसाललाई प्रहरीले हिजै पक्राउ गरिसकेको थियो । उपचारकै क्रममा हिजो साझ साढे ६ बजेको समयमा बाँकेको मेडिकल कलेज कोहलपुरमा उहाँको मृत्यु भएपछी मोटरसाइकल चालककी आमा मिना भुषाललाई पनि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य बहादुर रानाले जानकारी दिनुभयो ।

मोटरसाइकल चालकको लाइसेन्स नभएको र उक्त मोटरसाइकल लक्ष्मणकी आमा मिनाको नाममा दर्ता रहेकाले लाइसेन्स नभएका छोरालाई मोटरसाइकल चलाउन दिएको आरोपमा उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । विशेषगरी अभिभावकहरुको लापरबाहीले लाइसेन्स नभएका बालबालिकालाई सवारीसाधन चलाउन दिदा ठुलो क्षेती हुने गरेको भन्दै प्रहरीले यसमा अलि सेचत हुन आग्रह गरेको छ । कसैले पनि लाइसेन्स नभएकालाई सवारी चलाउन दिदा सवारी धनिलाई समस्या पर्ने भएकाले त्यसो नगर्न प्रहरीले आग्रह गरेको हो । पक्राउ परेका आमाछोरालाई जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप गरेर इप्रका तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *