विषालु च्याउले लियो दुई सन्तानको ज्यान

Spread the love

ओपेन्द्र बस्नेत,दाङ, ७ साउन । ३५ वर्षीया राम कुमारी सुनार केही समय यतादेखि रुकुम पूर्वको भूमे गाउँपालिका –५ भल्लेबाङ स्थित माइतीमा बस्दै आउनु भएको थियो । रुकुम पश्चिम घर भएकी रामकुमारी श्रीमानसँग खटपट परेपछि छोराछोरीलाई साथमै लिएर माइतीमा बस्न थाल्नुभयो । बर्सातको समय । घरनजिकै जङ्गल छ । च्याउको सिजन पनि । रामकुमारी साँझको तरकारीका लागि छोराछोरी सहित शुक्रबार दिउँसो ९साउन २ गते० जंगलमा च्याउ टिप्नु जानुभयो । दिनभरी खोजेको च्याउ ल्याएर साँझपख पकाएर सबै परिवारले खाए ।

च्याउको तरकारी खाएका आमा रामकुमारी, ९ वर्षीया छोरी आयुषा, ७ वर्षीया छोरी भाग्यरेखा र ३ वर्षका छोरा योजन बिकलाई विस्तारै च्याउको असर देखिन थाल्यो । बान्ता हुने, पखाला लाग्ने भयो । एकछिन पछि थामिएला भन्ने भयो, तर पखाला थमिएन । च्याउ खाएको पर्सिपल्ट आइतबार नजिकै रहेको सामुदायिक इकाई ९अस्पताल० मा पुगेर आमा रामकुमारीले पखाला लागेको औषधि लिएर घरमा जानुभयो । त्यसले पनि थामिएन । त्यसपछि बच्चालाई लिएर सोमबार पुनः सामुदायिक इकाइमा रामकुमारी पुग्नुभयो ।

सामुदायिक इकाइमा पुग्दा बच्चाहरूको अवस्था गम्भिर बन्दै गएको थियो । त्यहाँ चिकित्सकहरूले सोधिखोजी गरेपछि जंगली च्याउ खाएका कारण बिरामी भएको कुरा थाह भयो । त्यहाँबाट रुकुमकोट जिल्ला अपस्ताल रिफर गरियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि आयुषा, योजन र भाग्यरेखालाई भूमे गाउँपालिकाको एम्बुलेन्स मार्फत दाङ रिफर गरियो ।

बाटोमा आउँदै गर्दा योजनको अवस्था गम्भिर बन्दै गएपछि सल्यान जिल्ला अस्पतालमा उपचार गर्न थालियो । उपचारकै क्रममा मङ्गलबार दिउँसो ३ बजे योजनको मृत्यु भयो । यता ७ वर्षीया भाग्यरेखाको पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मङ्गलबार राति ११ बजे उपचारका क्रममा मृत्यु भयो ।

मृतक बालबालिकाकी आमा रामकुमारीको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी चक्रबहादुर शाहले जानकारी दिनुभयो । आमाको अवस्था मध्यम छ ।

उता ९ वर्षीया आयुषाको बाँकेको भेरी अस्पतालमा उपचार भइरहेको रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी उमाशङ्कर प्रसाद यादवले जानकारी दिनुभयो । पीडित परिवार र सामुदायिक इकाई करिब १०र१५ को मिनेटको फरकमा भएपनि समयमै अस्पतालमा नगएका कारण मानविय क्षेति भएको भूमे गाउँपालिका– ५ का वडा अध्यक्ष टेक प्रसाद बुढाले बताउनुभयो ।

‘पहिला पहिला पनि च्याउ खाने मान्छेहरु अलिअलि बिरामी पर्थे तर यसरी मान्छे चाँही मरेका थिएनन् । तर यसपटक भने अचम्मै भयो । समयमा अस्पतालमा पुगेको भए मानविय क्षेति हुने थिएन ।’ वडा अध्यक्ष बुढाले भन्नुभयो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *