काठमाण्डौ, १७ जेठ । सार्वजनिक यातायात व्यवसायीहरूले आज दिउँसो सडकमै गार्डी तेर्साएर एक घण्टा चक्काजाम गरेका छन् । सार्वजनिक यातायात क्षेत्र बचाउनका लागि भन्दै उनीहरूले ७ बुँदे मागसहित आन्दोलन शुरू गरेका हुन् । सङ्घीय ऐनसँग बाझिने गरी सात वटै प्रदेशले ऐन ल्याउने तयारी गरेको व्यवसायीहरूको भनाइ छ ।
गण्डकी प्रदेश सरकारले यही जेठ १ गते राजपत्रमा प्रकाशित गरी निजी गाडीलाई भाडाको गाडी सरह सञ्चालन गर्न लागेको र अरू प्रदेशहरूले पनि यस्तै तयारी गरेकाले आन्दोलन गर्नुपरेको ७ बुँदे मागपत्रमा उल्लेख छ ।
उनीहरूले सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष सरकारले अनिवार्य लागू नगरेकाले पनि आन्दोलन गर्नुपरेको बताएका छन् ।