सत्य, धर्म र न्यायको विजयको प्रतीक दसैँ; राष्ट्रपति

Spread the love

काठमाडौं । बिहीबार, असोज १६, २०८२

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन् । राष्ट्रपति पौडेलले हिन्दु धर्मावलम्वीहरूको महान् चाड वडादसैँ, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै समृद्धिको कामना गरेका हुन् ।

राष्ट्रपति पौडेलले भनेका छन्, “सत्य, धर्म र न्यायको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद मान्यजनहरूबाट ग्रहण गर्ने गरिन्छ, यस अवसरमा समग्र राष्‍ट्रमा मेलमिलाप, सद्‍भाव र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै गर्दछु ।

वडादसैँ २०८२ ले सम्पूर्ण विश्वमा शान्ति एवम् मानव जातिको कल्याण गर्ने उनको विश्वास छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *