काठमाडौं, १७ असार । सत्तारुढ दल नेपाली कांग्रेस सामुदायिक विद्यालयका करार र राहत लगायतका शिक्षकहरुलाई स्वतः स्थायी गरिनुपर्ने पक्षमा उभिएको छ । प्रतिनिधिसभाअन्तर्गतका शिक्षा समितिमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सो कुरा घुसाएपछि हिजो विधेयक रोकिएको हो । यस सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवा बसेर बाँकी काम टुङ्ग्याउने कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्मा बताउँछन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठका अनुसार कांग्रेसका प्रमुख सचेतक घिमिरे हिजो शिक्षा समितिमा आएका थिए । प्रमुख सचेतक घिमिरेले पार्टीको लाइन यो हो भन्दै सबै शिक्षकहरुलाई स्वतः स्थायी गराउनुपर्ने प्रस्ताव राखे । उपसमितिले शिक्षक महासंघसँग संवाद गरेर ६०र४० मा ल्याएको कुरालाई कांग्रेसले हन्ड्रेड प्रतिशत स्वतः स्थायीको एजेण्डा घुसाएको हो ।
‘उपसमितिले महासंघसँग कुरा गरेर ६०र४० मा ल्यायो । उहाँ सबै स्वतः स्थायी गरिनुपर्छ भन्ने लाइनमा आउनुभयो । स्वतः स्थायी गर्ने भनेको के त भन्दाखेरी अहिले हाम्रा युवाहरु जो बेरोजगारीको शिकार भइरहेका छन् । एउटा अवसर हुन्छ शिक्षक बन्ने । अब विभिन्न थरीका शिक्षकहरु नराख्ने भनेर त्यो लाइनमा जाँदाखेरी युवाहरुको लागि बाटो रोक्ने, कोही मान्छे म शिक्षक बन्छु भन्नेले अनि कसरी शिक्षक बन्ने रु’ रास्वपा नेतृ श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भनिन् ।