सिद्धिबिनायक उद्योगमा भएको आगलागीको घटनाप्रती तुलसीपुर उवा संघद्वारा दुःख व्यक्त

Spread the love


तुलसीपुर – १२ पुकार पसलस्थित सिद्धिबिनायक फर्निचर उद्योगमा सोमबार दिउँसो आगलागी भएको छ।

व्यवसायी तारा बहादुर वलीको स्वामित्वमा रहेको उक्त उद्योगमा करिब सवा ३ बजेतिर विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।

घटनास्थल पुगेका तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीका अनुसार आगलागीबाट करिब एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। उनले पटक(पटक आगलागीका घटना दोहोरिनु दुःखद भएको भन्दै स्थानीय सरकार, प्रशासन र निजी क्षेत्र सबैले विपद् प्रतिकार्यमा संयुक्त पहल गर्नुपर्ने सुझाव दिएका छन्।

यसैबीच, अध्यक्ष केसी र महासचिव केशवराज केसीले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। विज्ञप्तिमा पश्चिम दाङ क्षेत्रमा विपद् पर्दा प्रतिकार्य टिम कमजोर हुने भन्दै स्थानीय सरकारले तत्काल अत्याधुनिक दमकल खरिद गर्नुपर्ने माग गरिएको छ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *