सुनको भाउ लगातार घट्दै, आज मात्रै ११ हजार ६ सय रुपैयाँले घट्यो

Spread the love

काठमाण्डौँ, ९ कात्तिक । तिहार बिदापछिको पहिलो कारोबार दिन आज आइतवार सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको दुई लाख ४१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमवार कात्तिक ३ गते सुनको भाउ तोलाको दुई लाख ५३ हजार पाँच सय रुपैयाँ थियो । गएको असोज ३१ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई लाख ५८ हजार रुपैयाँ थियो ।

यस्तै, चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ तोलामा दुई सय ६५ रुपैयाँले घटेर तोलाको ३ हजार १५ रुपैयाँमा झरेको छ । गएको सोमवार चाँदीको भाउ तोलाको तीन हजार दुई सय ८० रुपैयाँ थियो । गएको असोज ३१ गते चाँदीको भाउ तीन हजार तीन सय ५० रुपैयाँ पुगेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *