सेयर बजारमा करेक्सन, २६ अर्बमाथिको कारोबार

Spread the love

काठमाडौं स् साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १८।४४ अंकले घटेर २९६४।२०विन्दुमा अडिएको छ। नेप्से परिसूचक दोहोरो अंकले घटेपनि २६ अर्बमाथिको सेयर कारोबार भयो।

३२३ स्क्रिप्सको ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता सेयर २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार २३७ रुपैयाँमा खरिदबिक्री भयो। यसदिन दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। समता घरेलु लघुवित्त वित्तीय संस्था र ट्रेड टारको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

सान्भी इनर्जीको सेयर ९।९८ प्रतिशतले बढ्दा लुम्बिनी विकास बैंकको ८।४७ प्रतिशतले बढ्दा लक्ष्मी उन्नति कोषको सेयर ७।८३ प्रतिशतले बढ्यो। १ अर्बमाथिको सेयर कारोबार गरी शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। यसैगरी नगदी ग्रुपको ८८ करोडको सेयर कारोबार हुँदा नेपाल रिइन्स्योरेन्सले ८५ करोड,कालिका पावरले ८४ करोड र ग्रीन भेन्चर्सले ७६ करोडको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये ६३ वटा स्टक्सको मूल्य बढ्दा १८६ वटाको घट्यो। पाँच समूहको उपसूचक बढ्दा ८ वटाको घट्यो। डेभलपमेन्ट बैंक,मनु एण्ड प्रो,माइक्रो फाइनान्स, म्युचुअल फण्डको सेयर र ट्रेडिङ समूहको उपसूचक सकारात्मक देखिएका हुन्।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *