तुलसीपुर, १२ असार । दाङको तुलसीपुरमा स्कुल बसका चालकहरुलाई ट्राफिक सचेतना प्रदान गरिएको छ । राष्ट्रिय निजी तथा आवसिय विद्यालय एसोसियन नेपाल, नेष्नल प्याप्सन दाङको आयोजना तथा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको सहकार्यमा आज ट्राफिक नियमसम्बन्धि सचेतनामुलक कार्यक्रम गरिएको हो । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब निरीक्षक सई नरेन्द्र शाहीका अनुसार सो अवसरमा ३५ जना स्कुल बसका चालकलगाएत ४५ जनालाई ट्राफिक नियमसम्बन्धि प्रशिक्षण प्रदान गरिएको हो ।
सवारी दर्घटना न्युकिरण गर्ने उदेश्यले आफुहरुको विशेष पहलमा यस्तो सचेतनामुलक कार्यक्रम गरिएको ट्राफिक प्रमुख शाहीले बताउनुभयो । विशेषगरी कतिपय स्कुल बसका चालकहरुले तिब्र गतिमा चलाउनुका साथै क्षेमता भन्दा धेरै विद्यार्थी बोक्ने गरेको पाइने हुदा यस्तो सचेतना प्रदान गरिएपछी उनीहरु सचेत हुने र दुर्घटना पनि न्युनिकरण हुने अपेक्षा गरिएको छ ।