‘हेमराज’ धिताल हत्याको १५ बर्ष

Spread the love

गृहमन्त्री लेखकलाई बुझाइयो ज्ञापन पत्र

अज्ञात समुहद्धारा हत्या गरिएका सञ्चार उद्यमी देविप्रशाद धिताल हेमराज हत्यारा पहिचान गरि कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।

शनिबार बुझाइएको ज्ञापन पत्रमा भाइ पुष्कर धितालले आफ्नो दाजु हेमराजको हत्या भएको १५ बर्ष बितिसक्दापनि हालसम्म प्रहरीले हत्यारा पत्ता लगाउन र हत्याको कारण स्पष्ट भन्न नसकेको हुँदा परिवार त्रासमा बाँच्नु परेको उल्लेख गरेका छन् ।

हेमराज माथि हतियार धारी समुहले हालको तुलसीपुर उपमहानगरपालिका – १२ जस्पुरको प्रहरी चौकी भन्दा झन्डै पाँच सय मिटर उत्तरमा २०६७ साल साउन ६ गते बेलुकी सवा ७ बजेतिर लखेटी लखेटी गोली प्रहार गरेका थिए । तत्काल तुलसीपुर पुर्‍याउँदा चिकित्कसले उनलाई मृत घोषणा गरेका थिए ।

मोटरसाइकलमा राप्ती राजमार्ग हुँदै तुलसीपुरस्थित घर तर्फ आइ रहेका हेमराजलाई बाटो ढुकेर बसेको हतियार धारी एक समुहले संसाँझै उनीमाथि गोली प्रहार गरेको थियो ।

दाङको रेडियो तुलसीपुर सञ्चालक समितिका तत्कालिन अध्यक्ष हेमराज तत्कालिन राप्ती अञ्चल सार्वजनिक बस ब्यबसायीसमिति लगाएत दर्जन जति बिभिन्न सामाजिक संघ संस्थामा आवद्ध थिए ।

तत्कालिन समय नेपाली काँग्रेसको अधिवेशन चलिरहँदा पार्टी भित्र आन्तरिक निर्वाचनमा साबिक उरहरी गाविसबाट उम्मेदवारी दिने सोचका साथ आफ्नै उरहरी गाविसका काँग्रेसका नेता कार्यकर्तालाई भेटेर फर्किने क्रममा उनको हत्या भएको थियो ।

रेडियो तुलसीपुरका संस्थापक स्टेसन म्यानेजर ९हालसम्मपनि० तथा सामुदायिक रेडियो प्रशारक संघका अध्यक्ष अर्जुन गिरी र तुलसीपुरका पत्रकार गणेश आचार्यले परिवारको तर्फबाट गृहमन्त्री रमेश लेखकलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन ।

त्यसक्रममा गृहमन्त्री लेखकले आँफुले त्यसबारे बुझ्ने र प्रहरी प्रमुखलाई तत्काल धितालको हत्याबारे पहिचान भइ सकेको भए आरोपितलाई पक्राउ गर्न निर्देशन दिने आश्वासन दिएको अध्यक्ष गिरीले बताए ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *