४५ जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा

Spread the love

काठमाडौ। जेन–जी आन्दोलनबाट देशमा उत्पन्न विषम परिस्थितिका बाबजुद पनि सरकारले चाडबाड लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले संयुक्त रूपमा आजदेखि दैनिक उपभोग्य वस्तुका सुपथ मूल्य पसल सञ्चालनमा आएका हुन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत भदौ पहिलो साता विगत वर्षजस्तै यस वर्ष पनि दशैँ तिहार र छठ लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार सुपथ मूल्य पसलमा नुन, चामल, तेलदेखि खसीबोकासम्म छुटको व्यवस्था गरिएको छ । सबै प्रकारका चामल, गहुँ, दाल र गेडागुडीमा प्रतिकिलो पाँच रुपैयाँ छुट हुनेछ भने खाने तेल, आँटा, पिठो र मैदामा प्रतिकेजी सात रुपैयाँ छुट हुनेछ ।
खाद्यले ४५ जिल्लाका एक सय ११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । साल्ट ट्रेडिङले देशभरि न्यूनतम ४० बिक्रीस्थलबाट सेवा दिने जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष दशैँका लागि दुई हजार खसीबोका र च्याङ्गा बिक्री गर्ने निर्णय गर्दै खसीबोकाका लागि अनलाइन बुकिङसमेत खुला गरेको थियो । तर, जेन–जी आन्दोलनका कारण खसीबोका च्याङ्ग्राको व्यवस्थापन प्रभावित भएको कम्पनीले जनाएको छ

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *