काठमाडौँ । एसईईको पूरक परीक्षा मिति तय भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा लिएको परीक्षाको नतिजा शुक्रबार प्रकाशित गर्दै पूरक परीक्षाको मिति पनि तय गरेको हो ।
जसअनुसार पूरक परीक्षाको मिति साउन २९ तोकिएको छ । विस्तृत कार्यतालिका पछि प्रकाशित गरिने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो ।
