सशस्त्र प्रहरी ज्वालामाई गण भालुवाङको २१ औँ स्थापना दिवस

Spread the love

भालुवाङ २ साउन । सशस्त्र प्रहरी बल नेपाल नं। २९ गण हेड क्वाटर ज्वालामाई भालुवाङको २१ औँ स्थापना दिवस आज शुक्रबार विभिन्न कार्यक्रम गरी गण परिसर भालुवाङमा सम्पन्न भएको छ । गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक एसपी मनोजकुमार धितालको अध्यक्षतामा एवम् सशस्त्र प्रहरी बल, नेपाल नं। ५, बिन्ध्याबासिनी बाहिनी मुख्यालय रूपन्देहीका सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र कुवँरको प्रमुख आतिथ्यतामा मनाईएको हो ।

सो अवसरमा बोल्दै प्रहरी नायब महानिरीक्षक कुवँरले सशस्त्र प्रहरीले नागरिकहरूको अपेक्षा अनुसार कार्य सम्पादन गर्ने बताए । उनले सशस्त्र प्रहरीले नागरिकका हरेक दुखसुखमा साथ रहने नागरिक संग हातेमालो र सहकार्य गर्नेमा प्रतिबद्ध रहेको समेत बताए । सम्बोधनका क्रममा वाहिनीपति कुँवरले सशस्त्र प्रहरीले सीमा अपराध नियन्त्रण, विपद् व्यवस्थापन तथा राजस्व चुहावट नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरिरहेको बताए । उनले जस्तोसुकै परिस्थितिमा पनि शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सशस्त्र प्रहरी सधैं तत्पर रहेको उल्लेख गरे । विपद् व्यवस्थापनका क्षेत्रमा अझै सक्रियताका साथ कार्य गर्न मातहत इकाईहरूलाई निर्देशन समेत दिए ।

महानिरीक्षक कुवँरले अहिले देशभर मनसुन सक्रिय रहेकोले जुनसकै बेला जहाँ पनि विपत्त आईपर्ने बताउँदै विपत्त प्रतिकार्यका लागि सशस्त्र पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिए । खोज, उद्धारका लागि प्रर्याप्त स्रोत साधन नभएपनि जे जति जुन अवस्था छ, ती सबै सामाग्री तयारी अवस्थामा राख्न समेत निर्देशन दिए ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सशस्त्र प्रहरी बलले सीमा सुरक्षा, आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनमा अत्यन्त प्रभावकारी भूमिका निर्वाह गर्दै आएको बताए । साथै उहाँले अहिले पनि विपत्त प्रतिकार्यका लागि पनि सशस्त्र प्रहरी बन्दोबस्तीका सामाग्री सहित आवश्यक तयारीमा रहन निर्देशन दिए ।

उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई प्रशंसा पत्र तथा सेवा निवृत्त कर्मचारीहरूलाई कदर पत्र प्रदान गरिएको थियो । अमर सशस्त्र प्रहरी कर्मचारीका परिवारजनलाई समेत दोसल्ला ओढाएर विशेष सम्मान गरिएको थियो । स्थापना दिवसको अवसरमा केके समेत काटिएको थियो भने शान्तिका प्रतीक एक जोडी परेवा समेत उडाईएको थियो ।
सशस्त्र प्रहरी बलले नेपाल–भारत सिमावर्ती क्षेत्रमा नेपालतर्फबाट १४ वटा सीमा सुरक्षार्थ इकाई तथा अन्य ३ वटा गरी कुल १७ वटा सुरक्षा इकाईहरू परिचालित रहेका छन् ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *